`

रोहित बने ओमोडा र जेको गाडीको ब्राण्ड एम्बासडर, पाए एनपीएलमा जितेको कार

Nepal One HD ११ पुष २०८२ १३:४६
खेलकुद

काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ । पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको थियो । यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

       


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *