`

को हुन् १०३ दिनपछि परराष्ट्र मन्त्री बनेका बालानन्द शर्मा ?

Nepal One HD ११ पुष २०८२ १५:३२
प्रमुख खबर

काठमाडौँ ।  सरकारले एक सय तीन दिनपछि बालानन्द शर्मालाई आज परराष्ट्र मन्त्रीमा नियुक्त गरेको छ  । तकालिन विद्रोही नेकपा माओवादी शान्ती प्रक्रियामा आईसकेपछि सेना समायोजन प्राविधिक समितीका संयोजक रहेका शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज एक समारोहका बीच सपथ ग्रहण गराएका हुन् ।

 लेफ्टिनेन्ट जनरल बालानन्द शर्मा सेनाको पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । सन् १९६९ मा नेपाली सेना (तत्कालीन शाही नेपाली सेना) मा प्रवेश गरेका शर्माले नेपाल तथा विदेशमा दीर्घकालीन अध्ययन तथा कार्यअनुभव हासिल गरेका छन्।

उनले नेपाली सेनामा ३९ वर्षसम्म सेवा गर्दै विभिन्न पदहरू सम्हालेका छन् । तीमध्ये लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (UNIFIL) मा सहायक वरिष्ठ सैनिक अधिकृत, इन्फेन्ट्री ब्रिगेडमा ब्रिगेडियर मेजर, शाही नेपाली सेना विद्यालयका प्रमुख प्रशिक्षक, स्टाफ कलेज, इन्फेन्ट्री ब्याटालियनका कमाण्डर, सोभियत संघ (USSR) का लागि रक्षा सहचारी, नेपाली सेनाको सैनिक प्रशिक्षण निर्देशनालयका निर्देशक, मास्टर जनरल अफ अर्डनन्स (MGO) आदि पदहरू उल्लेखनीय छन्। साथै उनले गोलान हाइट्समा रहेको संयुक्त राष्ट्रसंघीय डिसइन्गेजमेन्ट फोर्स (UNDOF) का फोर्स कमाण्डरका रूपमा पनि सेवा गरेका छन्।

मे २०२१ मा नेपाल सरकारले उनलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer) को रूपमा नियुक्त गरेको थियो ।

विक्रम सम्वत् २००५ चैत्र २३ मंगलवार कुस्मा पर्वतमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *