`

राष्ट्रपति पौडेल र पूर्व प्रधानमन्त्री नेपालबीच एक घण्टा भेटवार्ता

Nepal One HD १२ पुष २०८२ १२:१८
समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलले आज (शनिबार) बिहान नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक समेत रहेका नेपालसँग एक घण्टा लामो भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटवार्ता समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *