सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजार भन्दा बढी आप्रवासीको मृत्यु : अधिकार समूह
एजेन्सी- सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजार भन्दा बढी आप्रवासीहरूको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आप्रवासीहरुको लागि प्रवेस गर्ने सिमाहरु घटेको कारण सन् २०२४ को सङ्ख्यामा तीव्र गिरावट आएको समुहले जनाएको छ । क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर– १५ सम्ममा राखेको रेकर्ड अनुसार तीन हजार ९० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्यु अफ्रिकाबाट स्पेनको क्यानरी टापुहरूमा एट्लान्टिक माइग्रेसन मार्गमा भएको थियो, जसलाई विश्वको सबैभन्दा खतरनाक मार्ग मानिन्छ ।
क्यानरीहरूमा आप्रवासी आगमनमा “उल्लेखनीय“ कमी आएको भए पनि गिनीबाट प्रस्थानसँगै द्वीपसमूहमा “नयाँ, अधिक टाढाको र अधिक खतरनाक“ मार्ग देखा परेको जनाइएको छ । समूहले आप्रवासीहरूका परिवारहरूबाट तथ्याङ्क र उद्धार गरिएका व्यक्तिहरूको आधिकारिक तथ्याङ्क सङ्कलन गर्दछ । मृतकमध्ये ४३७ बालबालिका र १९२ महिला रहेको समुहले जनाइएको छ । क्यामिनान्डो फ्रन्टेरास सिमाले अल्जेरियाबाट मुख्यतया भूमध्यसागरको इबिजा र फोरमेन्टेराको छुट्टी टापुहरूमा पुगाउने डुङ्गाहरूको सङ्ख्यामा वृद्धि भएको पनि जनाएको छ । परम्परागत रूपमा अल्जेरियालीहरूले प्रयोग गर्ने यस मार्गमा सन् २०२५ मा सोमालिया, सुडान र दक्षिण सुडानबाट आप्रवासीहरूको सङ्ख्या बढेको देखिएको समूहले जनाएको छ ।
सन् २०२४ मा समुद्र मार्फत् स्पेन पुग्ने प्रयासमा कम्तीमा दश हजार ४५७ आप्रवासीको मृत्यु वा बेपत्ता भएको जनाइएको छ । जुन सन् २००७ मा ट्र्याकिङ डाटा सुरु भए देखि रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो । स्पेनको आन्तरिक मन्त्रालयले यस वर्षको डिसेम्बर–१५ सम्म ३५ हजार ९३५ आप्रवासी स्पेन पुगेको बताएको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४० प्रतिशतले कम हो । ती मध्ये अधिकाशं पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुहरूमा एट्लान्टिक आप्रवासन मार्गबाट आएको जनाइएको छ ।
