रबी र कुलमानसँगको तस्बिर शेयर गर्दै बालेन भन्छन् – “म नेपाल हासेको हेर्न चहान्छु”
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आज आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।
कुलमानसँग पनि आफुहरुको सहमती भएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी ब्यक्त गर्दै आफूहरु ३ जना एकैठाउमा बसेको तस्बिर शेयर गरेका छन् । उनले तस्बिरसँगै “म नेपाल हासेको हेर्न चहान्छु” भनेर लेखेका छन् ।
आज भएको सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने तीनै जना एकै राजनीतिक मोर्चाबाट निर्वाचनमा अघि बढ्ने भएका छन् ।
यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आन्तरिक सहमति गरिसकेको थियो । आइतबार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा भने कुलमान घिसिङ सहभागी थिएनन् । त्यसपछि बालेन र रविले पटक–पटक कुलमानसँग वार्ता गर्दै सहमतिमा ल्याउने प्रयास गरेका थिए ।
