पहुँचवालाको संसद् पुग्ने वैकल्पिक ढाेका समानुपातिक बन्नु गलत : राम गुरुङ (भिडियोसहित)
प्रमुख खबर
काठमाडौं । डेढ दशकदेखि देशमा समानुपातिक निर्वाचन प्रणाली अभ्यासमा छ । दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणाली लागू भयो ।
प्रदेशसभा निर्वाचनमा पनि यही व्यवस्था कार्यान्वयनमा छ । तर, राजनीतिक विश्लेषक राम गुरुङको विश्लेषणमा यस अवधिमा समानुपातिक निर्वाचन प्रणाली मूल उद्देश्यबाट विचलित भयो ।
पार्टी नेतृत्वको मनपरी छनोट, नातावाद–कृपावाद र पराजित तथा असफल नेताहरूलाई संसद् छिराउने वैकल्पिक ढोका समानुपातिक निर्वाचन प्रणाली बन्यो ।
अर्थात्, पहुँजवालाको संसद् पुग्ने सुरक्षित गन्तव्य भयो । यसलाई उनी गलत मान्छन् ।
खासमा अवसरविहीन समुदायलाई राज्यको निर्णय प्रक्रियामा ल्याउने मूल ध्येय समानुपातिक निर्वाचन प्रणाली भएको उनी बताउँछन् ।
पूरा संवाद भिडियोमा
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
