`

प्रतिनिधी सभा निर्वाचनका उम्मेदवारले अधिकतम् तेत्तीस लाख खर्च गर्न पाउने

रामचन्द्र जोशी १८ पुष २०८२ १४:१२
निर्वाचन विषेश

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सिमा निर्धारण गरेको छ। शुक्रबार एक सुचना जारी गर्दै आयोगले निर्वाचनमा खर्चको सिमा तोकेको हो । 

आयोगले जारी गरेको सुचनाका अनुसार एक उम्मेदवारले अधिकतम तेत्तिस लाखसम्म खर्च गर्न पाउनेछ ।  प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चका सम्बन्धमा निर्वाचन आयोगले २०७९ असोज ३१ नेपाल राजपत्र , भाग-५ र संख्या-४१ अनुसार यसअघि देशैभरका निर्वाचन क्षेत्रलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ गरी पाँच भागमा विभाजन गरेको छ ।

आयोगले गरेको विभाजन अनुसार ‘क’ श्रेणीमा ५ वटा निर्वाचन क्षेत्र, ‘ख’ मा १७, ‘ग’ मा ६५, ‘घ’ मा ५२ र ‘ङ’ श्रेणीमा २६ वटा निर्वाचन क्षेत्र रहेका छन् । जस अनुसार ‘क’ मा पर्ने निर्वाचन क्षेत्रका उम्मेदवारले चुनावमा  अधिकतम् पच्चीस लाख सम्म खर्च गर्न पाउने छन् । 

क्रमश: ‘ख’ मा रहेका निर्वाचन क्षेत्रका उम्मेदवारले सत्ताईस लाख, ‘ग’ मा भएका निर्वाचन क्षेत्रका उम्मेदवारले उनान्तीस लाख, ‘घ’ मा समावेश निर्वाचन क्षेत्रका उम्मेदवारले एकतिस लाख र ‘ङ’ मा हुने निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम् तेत्तीस लाखसम्म खर्च गर्न पाउने छन् । 

‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ मा रहेका निर्वाचन क्षेत्रको सुची:

)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *