`

स्रोत नखुलेको १० लाख रकमसहित पर्सामा तीन जना पक्राउ

Nepal One HD २० पुष २०८२ २२:०२
समाज

वीरगञ्ज (पर्सा), २० पुसः पर्सा प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका–३ स्थित गडैयाटोलस्थित सडकखण्डबाट तीन जना व्यक्तिबाट सो परिमाणको रकम बरामद गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का २२ वर्षे पवनकुमार साह, सोही ठाउँका ३० वर्षे मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन् । पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *