`

तराई भू–भागका अधिकांश स्थानमा हुस्सु, कर्णाली र सुदूरपश्चिका भू–भागमा आंशिक बदली

Nepal One HD २४ पुष २०८२ ७:२१
प्रमुख खबर

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहने पनिमहाशाखाले जनाएको छ ।

यस्तै, राती तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *