`

प्रतिनिधिसभा निर्वाचन : जनकशिक्षामा १० लाख नमुना मतपत्र छपाई सम्पन्न

Nepal One HD २४ पुष २०८२ ९:४६
निर्वाचन विषेश

भक्तपुर – जनकशिक्षा सामग्री केन्द्र सानोठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मत्रपत्र छपाइ गरिएको छ । केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ गरेको हो ।

केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले हिजो र आज मा १० लाख नमुना मत्रपत्र छपाइ सम्पन्न गरेको बताउनुभयो । केन्द्रले बिहीबारदेखि सामानुपतिकको मत्रपत्र छपाई सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब कन्द्रले दुई करोड आठ लाख समानुपातिक पत्रपत्र छपाई हुने जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *