`

जाजरकोटमा बोलेरो दुर्घटना, दुईको मृत्यु

Nepal One HD २५ पुष २०८२ १४:३९
प्रमुख खबर

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ मा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे छेडागाड नगरपालिका–८, बार्न नाउरिघाट नजिक बोलेरो दुर्घटना भएको हो । छेडागाड नगरपालिका–९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको मृत्यु भएको छ ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोट प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए । दुर्घटनामा बोलेरो चालक छेडागाड नगरपालिका–९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका–८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका–९ का अन्दाजी ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत घाइते भएका छन् । घाइते सबैको अवस्था मध्यम रहेको खड्काले बताए । उनीहरूलाई उपचारका लागि छेडागाडको अस्पतालमा लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *