देउवाले बोलाए सचिवालयको आकस्मिक ‘भर्चुअल’ बैठक
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सचिवालयको आकस्मिक ‘भर्चुअल’ बैठक बोलाएका छन् ।
बैठक भोलि (आइतबार) दिउँसो ३ : १५ बजेका लागि बोलाएका हुन् । बैठकको कार्यसूची पार्टी एकता र समायोजन भएको उल्लेख छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आह्वान गरेको विशेष महाधिवेशन भोलि नै हुँदैछ ।
काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी धमाधम भइरहेको छ । यस्तोबेला सभापति देउवाले सचिवालयको ‘भर्चुअल’ बैठक बोलाएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
