एकचोटि ‘चान्स’ दिनुस्, हामी देखाइदिन्छौँ : कुलमान घिसिङ
उज्यालाे नेपाल पार्टी
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले २१ फागुनकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूहरूलाई ‘चान्स’ दिन आग्रह गरेका छन् । आफूहरूलाई जिताएर नेतृत्वदायी भूमिका पुर्याउन उनले आग्रह गरेका हुन् ।
शनिबार (पुस २६) बेलुका काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब उज्यालो नेपालले देशैभरि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताए ।
‘अब उज्यालो नेपाल पार्टी देशैभरि, १६५ ठाउँमै उमेदवारहरू उठाउँछौँ हामी । अगाडि बढ्छौँ,’ उनले भने, ‘देशैभर हामी क्याम्पिङ (पार्टीको निर्वाचन अभियान) अगाडि बढाउँछौँ । छोटो समय छ । रातदिन नभनीकन क्याम्पिङ अगाडि बढाउँछौँ ।’
निर्वाचनमा आफूहरूलाई जिताए धेरै परिवर्तन गर्ने उनले बताए । ‘जेनजी’को भावनाअनुसार उज्यालो नेपाल पार्टी स्थापना गरिएको उनले उल्लेख गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
