`

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

Nepal One HD २८ पुष २०८२ २१:३१
समाज

काठमाडौँ, २८ पुसः जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी काठमाडौँको झोरबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कारागारबाट फरार सिन्धुलीको तीनपाटन गाउँपालिका–६ बस्ने ५० वर्षीय गुञ्जबहादुर श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय कायम भई २०७३ असार २९ देखि जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए ।

जेनजी आन्दोलनका क्रममा फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपि बसेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरी उनलाई कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *