`

पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह हो – गगन थापा

Nepal One HD ३० पुष २०८२ १०:१८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मौन बस्नु मृत्यु स्वीकार्नुजस्तै हुने बताएका छन् । मंगलबार साँझ पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले मौन बस्नु मृत्यु स्वीकार्नुजस्तै हुने टिप्पणी गर्दै पार्टी र आफ्नो भविष्यका लागि प्रश्न उठाइएको बताए ।

उनले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारे । उनले भने ‘यो नियमित कार्यक्रम होइन, हामी विद्रोहमा सहभागी भएका छौँ। यो विद्रोह हो। प्रश्न गर्नु पनि विद्रोह हो,’

उनले थपे ‘कहिलेकाहीँ मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो। हामीले प्रश्न गरेका हौँ, त्यो हाम्रो लागि गरेको हो, उनले आफूहरू कुनै पद वा हैसियतका लागि नभई पार्टी परिवर्तनका लागि आन्दोलनरत रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *