पत्रकार जोशीमाथि दुर्व्यवहार
समाचार
काठमाडाैं । सेराेफेरो अनलाइनका पत्रकार केशवराज जोशीमाथि रिपोर्टिङका क्रममा दुर्व्यवहार भएको छ। शुक्रबार साँझ निर्वाचन आयोग अगाडि ‘पीटीसी’ दिने क्रममा दुर्व्यवहार भएको हो।
आयोग अगाडि शुक्रबार नेपाली काङ्ग्रेसका दुई छुट्टाछुट्टै समूह आधिकारिकताको विवादलाई लिएर प्रदर्शनमा थिए ।
आयोगले गगन पक्षलाई आधिकारिकता प्रदान गरेपछि आयोग अगाडिको माहोल एकछिन तनावग्रस्त बनेको थियो। त्यही क्रममा ”अन्तत: गगनलाई दियो आयोगले मान्यता” भन्दै पीटीसी दिने क्रममा पत्रकार जोशीमाथि दुर्व्यवहार भएको हो।
उनले नेपालवान एचडीसँग भने, ‘अन्तत: आयोगले दियो गगनलाई मान्यता भनेर पीटीसी दिन लागेको बेला उहाँहरु आक्रमण गर्न आइहाल्नुभयो ।’
हालै प्रेस काउन्सिल नेपालले पत्रकारमाथि दुर्व्यवहारका सबैभन्दा बढी ५० वटा घटना भएकाे तथ्याङ्क सार्वजनिक गरेकाे थियाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
