`

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी

Nepal One HD ६ माघ २०८२ १५:३९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा अदालतले एक करोड धरौटी मागेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले मंगलबार लामिछानेसँग उक्त धरौटी मागेको अदालतका तहसिलदार देवराज भट्टराईले बताए ।

उनीविरुद्ध सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा सहकारी ठगी मुद्दा छ । संगठित अपराधको अर्को मुद्दामा पनि उनी प्रतिवादी छन् । उनी आजै अदालतमा तारेखका लागि पुगेका थिए । त्यसपछि उनी उम्मेदवारी दर्ताका लागि चितवनमा गए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *