`

रौतहट–४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमलासँग को-को प्रतिस्पर्धा गर्दैछन् ?

Nepal One HD ६ माघ २०८२ १८:३६
निर्वाचन विषेश

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चर्चित पत्रकार ऋषि धमलाले उम्मेदवारी दर्ता गराएका छन । उनले आम जनता पार्टी ९आजपा० बाट रौतहट क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गराएका हुन ।

मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन ।उनले रौतहट क्षेत्र नम्बर–४ को समग्र विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।

o:t} नेपाली कांग्रेसका तर्फबाट पूर्व प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै, नेकपा एमालेका तर्फबाट रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पौडेल र नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराईले मनोनयन पत्र दर्ता गराएका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *