`

आशिका तामाङको जवाफ : चुनाव जित्‍न उठेको म, उम्मेदवारी फिर्ता होइन

Nepal One HD ९ माघ २०८२ १४:५८
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ– १ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको विषयलाई ‘हल्ला’ भनेकी छिन् ।

उनले हल्लाको पछि नलाग्‍न आग्रह गर्दै आफू चुनाव जित्‍न उठेको र उम्मेदवारी फिर्ता नलिने बताइन् । उनले जनताको प्रतिनिधि बनेर आउने दाबीसमेत गरेकी छन् ।

‘हल्लाको पछि नलागौँ, चुनवा जित्‍न उठेको म, उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउँछु म,’ सामाजिक सञ्‍जालमा लेखेकी छिन् ।

शुक्रबार बिहानदेखि नै आशिकाले उम्मेदवारी फिर्ता निवदेन दिएको खबर सार्वजनिक भएको थियो ।

उनीसँग जर्मनीको स्थायी आवासीय अनुमतिपत्र भएको भनिएको थियो । तर, आशिकाले भने अस्थायी आवासीय अनुमति पत्र भएको जवाफ दिँदै आएकी छन् ।

उनको बिहे जर्मन नागरिकसँग भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *