सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेमा प्रेम र वियोगको कथा
समाचार
काठमाडौँ । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।
गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आँफुलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन् । नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयमकै हो ।
पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । सुवास अधिकारी, मन्जु खड्का र सहदेव गिरीको विशेष सहयोगमा यो भिडियो तयार भएको हो । भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
