देश अझै संकटमा छ, बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दुर्घटनामा पर्न सक्छ – प्रचण्ड
काठमाडौ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि संकटमा रहेको बताएका छन् ।शुक्रबार नेकपा एमाले ओखलढुंगा जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् । उनले देशमा दुर्घटना अब पूरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए ।
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र द¥हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने उनको भनाई थियो ।
उनले भने, ‘देश अझै पनि संकटमा छ । दुर्घटना अब पूरै टरीसक्यो भन्ने पनि छैन् । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दर्हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ । यसलाई रोक्ने जिम्मा कसले लिने, देशलाई फेरि अनिष्टतर्फ जान रोक्ने जिम्मा कसले लिने भन्दा त्यो जिम्मेवारी लिन अगाडि बढ्नुपर्छ भनेर एकताको अभियान सुरु गर्यौं ।’
