रास्वपाबाट निकालिएका ढाकालाई हर्क साम्पाङले भित्र्याए
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । दुर्गा प्रसाइँसँग मन्त्री बन्न भन्दै पैसा मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनी २०७९ का समानुपातिक सांसद हुन् ।
अध्यक्ष साम्पाङले श्रेष्ठलाई आज पार्टीमा भित्र्याएका हुन् । श्रेष्ठलाई पार्टीमा भित्र्याएको फोटोसहित राख्दै साम्पाङले फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठ ज्युलाई श्रम संस्कृतिमा स्वागत छ ! अब लागौँ है त !’ पोखरामा दिया फार्मेसी सञ्चालन गर्दै आएका श्रेष्ठ गत वर्ष भदौ २७ गते लागुऔषध बेचेको आरोपमा समेत पक्राउ परेका थिए । उनी दुई साता हिरासत बसेर धरौटीमा छुटेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
