नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
समाचार
काठमाडौँ – काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
