कङ्गोको कोल्टान खानीहरूमा भीषण दुर्घटना : २०० मजदुरको मृत्यु
काठमाडौं । कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा परी अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा कम्तमिा २०० मजदुरको ज्यान गएको छ ।
‘मार्च–२३’ आन्दोलन नामक विद्रोही समूहका एक प्रवक्ताका अनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश मजदुरहरू खानीभित्रै पुरिए ।
मृतकहरूमा महिला र बालबालिकासमेत छन् । दुर्घटनामा परेकाहरू अधिकांश जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुरहरू हुन् । हालसम्म पनि मृतकको यकिन पहिचान र विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
रुबाया क्षेत्रका फरक–फरक कोल्टान खानीहरू एकपछि अर्को गर्दै भत्किँदा दुर्घटना भएको हो । रुबाया क्षेत्र सन् २०२४ को अप्रिल महिनादेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा थियो, जसले उद्धार तथा राहत कार्यमा कङ्गो सरकारलाई कठिनाइ भइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुमानअनुसार रुबाया क्षेत्रका खानीहरूले विश्वव्यापी टान्टालम आपूर्तिको करिब १५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएका छन् ।
घटनापछि स्थानीय बासिन्दा र मानवअधिकार समूहहरूले खानी सुरक्षाको अवस्था, बालश्रम तथा अव्यवस्थित खानी उत्खननप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
एजेन्सीको सहयोगमा
