`

काँग्रेसको चुनावी घोषणापत्र छोटो, मिठो र सबैले अपनत्व लिने किसिमको हुनेछः प्रवक्ता चालिसे

Nepal One HD १७ माघ २०८२ १७:५१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिवद्धता जनाएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले यस्तो बताएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसावले तयार पारिरहेको बताए । त्यसका लाग विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको बताए ।

काँग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उनको भनाइ छ । सबैले सहज रुपमा बुझ्नसक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने बताए।
 ‘घोषणा पत्र सबैको वर्नरसिप स्थापित होस् भन्ने हिसावले तयार पारिरहेका छौँ । मेरो होस् भनेर अपनत्व गरुन् । त्यसका लागि विज्ञहरुसँग सुझाव लिएका छौँ, नागरिकसँग छलफल गरेका छौँ । डेमोक्रेटिक हिसावले दस्ताबेज बनाएका छौँ । केही समय लागेको हो । यो छोटो बन्छ । भिजन के भन्ने कुरा हो । सानो हुन्छ । छोटो, मिठो र बुझ्ने घोषणापत्र बनाउनेछौँ । केही दिनपछि नै प्रतिक्षारत घोषणापत्र सार्वजनिक गर्छौं ।’ प्रवक्ता चालिसेले बताए ।

उनले काँग्रेसले केन्द्रिय परिचालन समिति तथा केन्द्रिय सदस्यहरुलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय कार्यान्वयन भइसकेको पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *