`

मतदाता- मिडियालाई कन्ट्रोल नगरी हुँदैन, जगदीश खरेल- यो पटक जिताउनुपर्‍यो(भिडियो)

Nepal One HD २१ माघ २०८२ १५:११
निर्वाचन विषेश

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्दै घरदैलो अभियानमा छन् ।

चुनाव गर्ने अभिभारासहित सरकार जाने तर राजीनामा दिएर चुनावी मैदानमा आउने निर्णयले आलोचित उनी मतदाताहरूसँग भेट गर्दै मत मागिरहेका छन् ।

बुधबार मत माग्ने क्रममा उनको भेट केही मतदातासँग भयो । त्यहाँ उनलाई एक मतदाताले खरेललाई सञ्चारमन्त्री भइसकेको र मिडिया बुझेको उम्मेदवार भन्दै भने, ‘मिडियालाई कन्ट्रोल नगरी हुँदैन ।’

मिडियालाई स्वतन्त्र छाड्दा देश बर्बाद भएको रूपमा चित्रण गर्दै उनले मिडियामाथि नियन्त्रण गर्नु अपरिहार्य रहेको बताए ।

त्यतिञ्जेल मुस्कुराउँदै सुनिरहेका खरेलले अन्तिममा ती मतदातालाई भने, ‘अब यो पटक जिताउनुपर्‍यो ।’

आफूलाई निर्वाचित गरे ती मतदाताले भनेझैँ मिडियामाथि नियन्त्रण गर्न सकारात्मक रहेको संकेत खरेलले दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *