`

मतदातालाई कुलमान घिसिङको आग्रह – जिताएर एकपटक मौका दिनुपर्‍यो

Nepal One HD २३ माघ २०८२ १२:००
उज्यालाे नेपाल पार्टी

काठमाडौं । प्रधानमन्त्री बन्ने घोषणा गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनाव जिताएर मौका दिन आग्रह गरेका छन् ।

आफू काम गर्ने नेतृत्व भन्दै भाषण गर्नेलाई नभई आफूलाई एकपटक जिताएर मतदाताले मौका दिनुपर्ने बताएका हुन् ।

‘पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे । जनताको हितका लागि काम गर्न युवा नेतृत्व आवश्यक छ,’ उनले शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकनपछि मतदाताहरूसँग भने ।

उनले देश निर्माणका लागि काम नगर्ने तर काम गर्ने भनेर जनतालाई छल्नेहरूको समय सकिएको दाबी गरे ।

‘जो काम गर्छ, उही जनताको प्रिय बन्छ, काम गर्ने नै जननेता कहलिन्छ,’ उनले भने ।

अध्यक्ष घिसिङले देशमा गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरणजस्ता पूर्वाधारमा आफ्नो पार्टीले काम गर्ने बताए ।

यसबाट देशको अर्थतन्त्र उकास्ने योजना आफूसँग रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *