ओलीलाई समर्थकको ढाडस : ६३५५० मत आउँछ (भिडियो)
निर्वाचन विषेश
काठमाडौं । झापा–५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबारदेखि चुनावी अभियानमा छन् ।
मतदाताको घरदैलोमा पुगिरहेका उनलाई अभियानको चौथो दिन एक जना समर्थकले ढाडस दिँदै भने, ‘केपी शर्मा ओलीको ६३ हजार ५५० मत आउने कुरा …।’
ओली ती समर्थकको कुरा चुपचाप सुनिरहे । अझ ती समर्थकले उनका टोलका सबै मतदाताले मत दिने वचन दिए ।
गाउँको खोलामा बाँध बाँधिदिएको र सडक कालोपत्रे गरिदिएकाले ओली सर्वाधिक रुचाइएको नेता भएको रूपमा उनले चित्रण गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
