कांग्रेसले आइतबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनका लागि पार्टीको घोषणापत्र आइतबार सार्वजनिक गर्ने भएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् । कांग्रेसले घोषणा पत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको छ ।
जेनजी विद्रोहको बलमा विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेको कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि बढाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
