`

नेपालको कमजोर ब्याटिङ, वेष्ट इन्डिजलाई १३४ रनको सामान्य चुनौति

Nepal One HD ३ फागुन २०८२ १३:०१
खेलकुद

काठमाडौं । टी-२० विश्वकप प्रतियोगितामा वेष्ट इन्डिजविरूद्ध  कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले वेष्ट इन्डिजलाई १३४ रनको चुनौति दिएको छ ।

मुम्बइको वाङखडे रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो ।

अर्धशतक पुरा गरेका उपकप्तान दिपेन्द्र सिंह ऐरी बाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । चौथो नम्बरमा मैदानमा आएका ऐरीले ४७ बल खेलेर ५८ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरे ।  उनलाई आठौं नम्बरमा क्रिजमा आएका सोमपाल कामी बाहेक अरूले साथ दिन सकेनन् । ऐरी र कामीले २६ बलमा ५४ रनको साझेदारी गरे । कामीले १५ बल खेलेर २६ रन बनाए ।

नेपालका ओपनर कुशल भुर्तेल एक रनमा नै आउट भए भने आशिफ शेख ११ रन जोडेर पवेलियन फर्किए । कप्तान रोहित पौडेल पाँच रनमा नै आउट भए भने आरिफ शेखले २ रन मात्रै जोडे । राम्रो लयमा देखिएका लोकेश बम पनि धेरैबेर टिक्न सकेनन् । उनले १५ बलमा १३ रन बनाए । एउटा छक्का प्रहार गरेका गुलसन झाले पनि ११ रन मात्रै बनाउन सके ।

करन केसीले २ बल खेलेर १ रन जोडे ।

वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक चार विकेट लिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *