चुनावका लागि रास्वपाको करार-पत्र: भ्रष्टाचार छानबिन आयोग, १२ लाखलाई रोजगारी
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि एक पृष्ठको करारपत्र सार्वजनिक गरेको छ । पाँच बुँदाको करार पत्रमा भ्रष्टाचारविरोधी महाअभियान चलाउने र २०४६ यताको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोऊ बनाउने उल्लेख छ ।
दोस्रो बुँदामा आर्थिक वृद्धि मार्फत मध्यम वर्गको विस्तार गर्ने र तेस्रो बुँदामा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ ।
चौथो बुँदामा कनेक्टिभिटी बिस्तारका लागि पूर्वाधार निर्माण समेटिएको छ भने पाँचौमा प्रवासी नेपालीहरूलक्षित प्रतिबद्धता समावेश गरिएको छ ।
यस्तो छ रास्वपाको पाँच बुँदे करार-पत्र:

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
