झण्डा जलाइएको घटनामा नेसनल भोलेन्टियर फोर्सको चेतावनी: कारबाही नभए प्रतिवाद गर्ने
निर्वाचन विषेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेशनल भोलेन्टियर्स फोर्सले राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले एमाले नेतृत्वमाथि अनावश्यक आरोप लगाएको र पार्टीको झण्डासमेत जलाएको घटनाप्रति आपत्ति जनाएको छ। प्रशासनले यस विषयमा कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी पनि फोर्सले दिएको छ।
फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज जारी गरेको वक्तव्यमा झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने गतिविधिलाई अराजक सोचको उपज भएको टिप्पणी गरेका छन्।
उक्त कार्यमा संलग्न व्यक्तिहरूमाथि राज्य संयन्त्रले आवश्यक कदम नचालेमा अराजक तत्वविरुद्ध सशक्त रूपमा प्रतिवाद गर्ने चेतावनी वक्तव्यमार्फत दिइएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
