`

चुनावपछि एमाले पहिलाे दल बन्छ, सरकार चलाउँछ : एमाले

Nepal One HD ९ फागुन २०८२ १६:०२
निर्वाचन विषेश

काठमाडाै । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनपछि पहिलाे पार्टी बन्ने दाबी गरेकाे छ । पहिलाे दलकाे हैसियतमा एमालेले नै निर्वाचनपछि सरकारकाे नेतृत्त्व गर्ने एमालेकाे चुनाव प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर शाहीले बताए ।

‘हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ,’ शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा शाहीले भने ।

उनले एमाले पहिलाे बन्ने भएपछि निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भइरहेकाे बताए ।

उनले भने, ‘निर्वाचनलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने षड्यन्त्रका तानाबाना बुनिंदै छन् । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ शाहीले भने, ‘नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी, परिपूर्ण लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकारका आधारभूत मूल्य मान्यता, सामाजिक न्यायका सन्दर्भमा हाम्रा घोषणापत्रमार्फत हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ ।’

शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले रास्वपाले निर्वाचन नजित्ने निष्कर्ष निकालेर अराजक र अशाेभनीय व्यवहार देखाएकाे भन्दै राेष प्रकट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *