`

एक अनलाइनले जनमत प्रभावित पार्नेगरी मत सर्वेक्षण सार्वजनिक गरेकाेप्रति एमालेकाे आपत्ति (भिडियाे)

Nepal One HD ९ फागुन २०८२ १६:२८
निर्वाचन विषेश

काठमाडाै । नेकपा एमालेले सर्वेक्षणका नाममा जनमतलाई प्रभावित पार्ने गरी एक अनलाइनले परिणाम सार्वजनिक गरेकाेप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

शृङ्खलाबद्ध रुपमा ‘सेताेपाटी’ले  चितवन-२, काठमाडाै- ३ र दाङ-२ मा हुने निर्वाचनकाे मत सर्वेक्षण गरेकाे दाबी गर्दै सम्भावित परिणाम सार्वजनिक गरेपछि एमालेले आपत्ति जनाएकाे हाे ।

पार्टीकाे निर्वाचन विभाग प्रमुख मीनबहादुर शाहीले शनिबार आयाेजित पत्रकार सम्मेलनमा उक्त सर्वेक्षणकाे नतिजालाई कुनै दललाई फाइदा पुग्नेगरी प्रायाेजित रुपमा सार्वजनिक गरेकाे ‘फेक मत सर्वेक्षण’ भएकाे टिप्पणी गरे ।

सेताेपाटीले निर्वाचन आचारसह‌िताविपरीत चुनावै नभई खासगरी रास्वापालाई सहयाेग पुग्नेगरी मत सर्वेक्षणकाे परिणाम सार्वजनिक गरेकाे भन्दै आमरुपमा विराेध भइरहेकाे छ ।

उक्त्त अनलाइनले चितवन-२ र दाङ-२ मा रास्वपाले जित्ने प्रक्षेपण गरेकाे छ । काठमाडाै-३ मा रास्वपा र उज्लायाे नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच प्रतिस्पर्धा हुने दाबी गरेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *