`

रविलाई थापाको प्रश्न : डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको हो?

Nepal One HD ८ कार्तिक २०८३ १२:३२
बिशेष

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारतस्थित कैंचीधाम भ्रमणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले लामिछाने कैंचीधाम दर्शन गर्न जानुको उद्देश्य डिप्रेसनबाट मुक्त हुनु हो भन्दै प्रश्न गरेका छन्।

थापाले लेखेका छन्, ‘आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीधाम तीर्थाटन-आशीर्वाद लिई डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको हो?’

रास्वपा सभापति लामिछाने यतिबेला तीनदिने भारत भ्रमणमा छन्। उनी भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिकस्थल कैंचीधामको दर्शनका लागि त्यहाँ पुगेका हुन्।

भारत प्रस्थान गर्नुअघि लामिछानेले आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न कैंचीधाम जान लागेको बताएका थिए। उनको यही भनाइलाई आधार बनाउँदै एमाले नेता थापाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्।

थापाले आफ्नो टिप्पणीमा पशुपतिनाथसहितका नेपाली धार्मिकस्थलमा गरिने पूजाआराधनाको प्रसंग जोड्दै लामिछानेको कैंचीधाम भ्रमणमाथि प्रश्न उठाएका छन्। उनले भ्रमणलाई डिप्रेसनबाट मुक्त हुने उपाय खोजेको रूपमा व्यंग्यात्मक ढंगले प्रस्तुत गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *