`

मन्त्री इङ्नामकै स्वीकाराेक्ति- भूमि, मालपोत, नापिमा घुसको लेनदेन हुँदा सर्वसाधरण निराश बने

Nepal One HD १० फागुन २०८२ ११:३८
प्रमुख खबर

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताएका छन् ।

उनले भूमि, मालपोत र नापीजस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएकोले यी क्षेत्रमा सुशासन कायम गर्न सके सकारात्मक सन्देश जाने र राजश्‍व पनि वृद्धि हुने धारणा राखे ।

आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री इङ्नामले विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि एक रहेको बताएका हुन्।

भूमि, मालपोत, नापि सर्वसाधरणको सरोकार भएको ठाउँ भएको र ती अड्‍डाहरुमा घुसको लेनदेन हुँदा आमसर्वसाधरण निराश बनिररहेको  उनकाे भनाइ छ ।

उनले भूमि, मालपोत, नापिमा सुशासन कायम राख्न जरुरी रहेको बताए । मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरको बारेमा पनि उल्लेख गर्दै यसले राजश्‍वमा करिव ५० अर्ब रुपैयाँको फरक पार्ने बताए ।

उनकाअनुसार जग्गा खरिद बिक्री गर्दा गर्ने वास्तविक कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजश्‍व छल्ने राजश्‍वमारा नै देखिएका छन् ।

मन्त्री इङ्नामले राज्यको उन्तति र प्रगतिका लागि कर्मचारीतन्त्रको इमानदारीता महत्वपूर्ण हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *