`

बालेनप्रति ओलीकाे कडा टिप्पणी- एउटा पालिका चलाउन नसक्नेलाई देश चलाउन दिनुपर्ने अरे (भिडियाे)

Nepal One HD १० फागुन २०८२ १२:३२
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ‌‌‌ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै ‘एउटा पालिका चलाउन नसकेर असफल भएकालाई प्रधानमन्त्री बनाउँदै देश चलाउन दिनुपर्ने अरे’ भन्दै कटाक्ष गरेका छन् ।

उनले देश बनाउन सक्षमलाई नदिएर असफल भइसकेकालाई भाेट दिनुपर्ने भनेकाे भन्दै आक्राेश पाेखे । देश मजाक गर्ने ठाउँ नभएकाे भन्दै साेधे- के याे देश प्रयाेगशाला हाे ?

ओलीले एमालेले देश बनाएकाे भन्दै आगामी निर्वाचनमा एमालेले भाेट पाउनुपर्ने बताए ।

देशलाई शान्तिपूर्ण वातावरण र परिस्थितमा फर्काउन, देशकाे रक्षा गर्न, लाेकतन्त्रकाे पुनर्वहाली गर्न, सुशासन बहाल गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, देशकाे विकास गर्न र एमालेले अघि सारेका विकासे याेजनाहरुलाई पूरा गर्न एमालेलाई राेज्‍नुकाे विकल्प नभएकाे तर्क गरे ।

उनले बालेनलाई चिन्दै नचिनेका भनेर कडा शब्दमा टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *