दुर्गा प्रसाईंकाे रिहा माग गर्दै राजतन्त्र पक्षधरहरुकाे काठमाडौंमा मोटरसाइकल र्याली
प्रमुख खबर
काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंकाे रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्याली निकालिएको छ ।
उनका राजतन्त्रपक्षधर समर्थकहरुले आइतबार माइतीघर मण्डलामा भेला भएर तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन् ।
उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।
पक्राउको विरोधमा ‘हिन्दुराज्य नेपाल कायम गरौं ‘भन्ने मूल नारासहित र्यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको सो र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
