`

प्रत्यक्षमा एमालेकाे १०० सिट हाराहारी, समानुपातिकमा ३० लाख मत कट्छ : महेश बस्नेत (भिडियाे)

Nepal One HD ११ फागुन २०८२ १२:४२
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले बहुमत हाराहारीमा चुनाव जित्ने दाबी गरेका छन् ।

प्रत्यक्षतर्फ कम्तिमा १०० सिट जित्ने आकलन गरिएकाे भन्दै उनले समानुपातिकतर्फ ३० प्रतिशत बढी मत प्राप्त गर्ने बताए । एमालेका लागि याे महत्त्वकाक्षी याेजना नभएकाे पनि उनकाे भनाइ छ ।

‘बहुमत ल्याउने हाराहारीमा चुनाव जित्छाैँ भन्‍ने आकलन छ, त्याे खालकाे तयारी गरेर हामी अगाडि बढेका छाैँ,’ उनले भने, ‘कमसेकम प्रत्यक्षतर्फ १०० सिट बढाउँछाैँ , कमसेकम ३० प्रतिशत बढी, याे एमालेकाे निम्ति कुनै महत्त्‍वकाँक्षी कुरा हाेइन, विगतदेिख नै हामीले प्राप्त गरेकाे हाे ।’

उनले वैदेशिक हस्तक्षेपलाई राेक्नु नै निर्वाचनमा एमालेकाे मुख्य  एजेण्डा भएकाे बताए । नेपाललाई अन्तर्राष्ट्रिय चलखेलकाे केन्द्र बनाउन लागेकाे दाबी गर्दै चुनावमा त्यसलाई राेक्नुपर्ने एजेण्डा एमालेकाे भएकाे उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *