ओलीकाे नजरमा रास्वपा घण्टाकर्णजस्तै, राम्राे कुरा सुन्नै नसक्ने (भिडियाे)
निर्वाचन विषेश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले रास्वपालाई लक्षित गर्दै अनेक प्रकारका झुटा प्रचार गरेर एमालेलाई अलाेकप्रिय बनाउन खाेजेकाे आराेप लगाएका छन् । एमालेकाे लाेकप्रियतासँग डराएर चरित्र हत्या गर्ने, अपशब्द बाेल्ने, अश्लील बाेल्ने, असामाजिक र असभ्य भएर प्रस्तुत हुने गरेकाे बताए ।
फेसबुकमा राम्राे केही लेखे गल्लीका भुस्याहा कुकुर जसरी उनीहरु एकैचाेटी खनिने गरेकाे भन्दै ओलीले कडा शब्दमा टिप्पणी गरे ।
घण्टाकर्णले राम्राे कुरा सुन्नुपर्छ भनेर कानमै ठूल्ठूला घण्टा झुण्ड्याएर हिँडेकाे प्रसङ्ग जाेड्दै उनले रास्वपा त्यस्तै भएकाे बताए ।
उनले एमालेले आफ्नाे गाउँठाउँ र देश बनाउने कुरा कहिल्यै नछाेड्ने भन्दै ढुक्क हुन मतदाताहरुलाई आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
