एमालेकाे तालमेल दलहरुसँग हाेइन जनतासँग हुन्छ- ओली (भिडियाे)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न दलहरुसँग तालमेल हुन लागेकाे चर्चालाई खारेज गरेका छन् ।
नेपाली काङ्ग्रेस, नेपाली कम्यनिुस्ट पार्टी (नेकपा), राप्रपालगायतसँग चुनावी तालमेल गर्न लागेकाे प्रसङ्गलाई खारेज गर्दै उनले जनतासँग मात्रै एमालेकाे तालमेल हुने बताए ।
केपी शर्मा ओलीसहित शीर्षस्थ नेताहरुलाई निर्वाचनमा सुरक्षित गर्न अन्य दलहरुसँग तालमेल गर्न लागेकाे भन्दै पत्रकारले साेधेकाे प्रश्नमा उनले जनतातिर देखाउँदै भने, ‘पार्टीहरुकाे बिचमा हाेइन, जनताहरुकाे बिचमा तालमेल हुन्छ । एमालेलाई जिताउने, सूर्य चिह्नमा भाेट हाल्ने सबैकाे तालमेल हुन्छ ।’
काङ्ग्रेस, नेकपा र राप्रपाका मतदाताहरुले समेत आफूलाई मतदान गर्ने उनकाे दाबी छ । तर, ती दलका नेताहटरुसँग भने छलफल नभएकाे बताए ।
एमालेका कुनै नेता असुरक्षित नभएकाे उनकाे भनाइ छ । उनले देश ध्वस्त पार्नेलाई जनताले चिनेकाे र भाेट नदिने जिकिर गरेका छन् ।
