११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
