`

काठमाडौं–३ मा कुलमान पछि, राजु अघि

Nepal One HD २२ फागुन २०८२ ५:४४
बिशेष

काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बनाएको छ ।

बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाका राजु पाण्डेले अगाडि देखिएका छन् । अहिले राजु पाण्डे २५४ मतले अगाडि देखिएका छन् । पाण्डेले २ हजार ९६० मत ल्याएका छन् ।

यसअघिसम्म अग्रता बनाइरहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ भने पछि परेका छन् । कुलमानले २७०६ मत पाएका छन् ।

उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *