`

रास्वपाले काठमाडौं–१ बाट खोल्यो विजयको खाता, रञ्जु निर्वाचित

Nepal One HD २२ फागुन २०८२ ११:०१
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि रञ्जु दर्शना काठमाडौं–१ मा निर्वाचित भएकी छन् । रञ्जुको जितसँगै रास्वपाले विजयको खाता खोलेको छ ।

अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु  १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *