`

जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छुः नवनिर्वाचित सांसद महता

Nepal One HD २४ फागुन २०८२ ६:५५
राजनीति

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताएका छन् । महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र भरोसालाई सधैँ सम्मान गर्दै जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

निर्वाचनमा विजयी भएपछि मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै महताले यो ऐतिहासिक सफलताका लागि साथ, समर्थन र विश्वास दिने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका कार्यकर्ता तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गरे। उनले जनताको मतको कदर गर्दै आगामी दिनमा जनभावनाअनुसार अघि बढ्ने बताए।

सांसद महताले निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भई जनतासामु आफ्ना एजेन्डा प्रस्तुत गर्ने निकटतम प्रतिस्पर्धी उम्मेदवारलाई पनि धन्यवाद दिए। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाले नै विचार, नीति र नेतृत्वलाई परिपक्व बनाउने उल्लेख गर्दै उहाँले आगामी दिनमा देश र समाजको हितका लागि सबै पक्षसँग सहकार्य गर्ने अपेक्षा राख्नुभएको छ । महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले नौ हजार ४४३ मत प्राप्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *