`

नारी दिवसको शुभकामना दिदै बालेनले भने -नारी जननी, अभिभावक अनि साथी

Nepal One HD २४ फागुन २०८२ ९:५१
बिशेष

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहले नारी जननी, अभिभावक अनि साथी भएको बताएका छन् । शाहले समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु ।’,‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।।”, नारी जननी, अभिभावक अनि साथी ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *