जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं :सांसद जगदीश खरेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् ।
मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् ।भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन गएको बताए । जेनजीहरुकै बलिदानको
जगमा आम जनताले भोट दिएर सांसदमा आफू चुनिएको उनले बताए ।‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन आएको हुँ । म जेनजी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको साथै जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा चुनिएको छु ’उनले भने ।
