रास्वपा सरकारको तयारीमा जुट्न लाग्दा रविलाई प्रचण्डको फोन, हाेला रास्वपा-नेकपा सत्ता सहकार्य ?
काठमाडौं । नयाँ सरकार गठनकाे सुरसार चल्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफाेन कुराकानी भएको छ ।
निर्वाचनअघि प्रचण्डले रास्वपासँग सत्ता सहकार्य गर्न सकिने आशय प्रकट गरेकाे हुनाले रविसँग भएकाे प्रचण्डकाे टेलिफाेन कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । उसाे त प्रचण्डकाे सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले राम्रो नतिजा ल्याएपछि लामिछानेलाई बधाई दिएकाे जनाएकाे छ ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका टेलिफाेन कुराकानी केही दिन अगाडि नै भएको हो ।
अघिल्लाे प्रतिनिधिसभाबाट १० पुस २०७९ मा प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । प्रचण्डकाे सत्ता ढलेर काङ्ग्रेसकाे समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे सरकार गठन भएपछि सहकारी ठगीकाे जाँचबुझ गर्न गठित उच्चस्तरीय समितिकाे सिफारिसकाे आधारमा रवि जेल पुग्दा पनि प्रचण्डले रास्वपाले जसरी प्रतिशाेध साँधिएकाे भनेर रवि र रास्वपाप्रति नरम देखिएका थिए ।
यसबीच रास्वपा दुई तिहाइ नजिककाे सरकार गठनकाे सङ्घारमा छँदा प्रचण्ड र रविबीच टेलिफाेन कुराकानी हुनु चासाेकाे विषय बनेकाे छ ।
