`

तनहुँको अस्पाक्दीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

Nepal One HD १ चैत २०८२ १९:२६
समाचार

तनहुँ। तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लिएर जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्याक्टर नालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा ट्याक्टरमा सवार कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरका ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलवस्तुका नारायण पुन र दुर्गाबहादुर पुन घाइते हुनुभएको छ ।घाइतेहरूलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् घर पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *