`

सुनचाँदीको मूल्यमा सामान्य गिरावट,आज कतिमा हुँदै छ कारोबार ?

Nepal One HD ४ चैत २०८२ ११:२०
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ ।

मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ ।हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *